बैशाख २०, २०८१, बिहीबार
               

सैन्य अभ्यास भैरहेका बेला अस्ट्रेलियामा  हेलिकप्टर दुर्घटना चार जना बेपत्ता
बेपत्ता चारजनाको खोजी हुदै

नेपाल फ्ल्यास
साउन १३, २०८०

ADVERTISEMENT

अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् ।

लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिनुभएको छ । रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री माल्र्सलाई उद्धित गरी बीबीसीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि