बैशाख १७, २०८१, सोमबार
               

‘तलिम’ आँधीका कारण चीनमा लाखौँ मानिस प्रभावित, २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् ।

आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो ।

आँधीले तटीय क्षेत्रमा क्षति र्पुयाएको छ । हावाहुरी र वर्षाका कारण सयौँ हवाई तथा रेल सेवा रद्द भएका बीबीसीले जनाएको छ । तलिम आज बिहान जमिनमा बज्रिएको चीनको मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले जानकारी दिएको छ । त्यो आँधीको गति कम भएको र भोलिसम्मा भियतनाम पुगेर कमजोर हुने अनुमान छ ।

भियतनामको क्वाङ निन्ह प्रान्त र हाई फोङ सहरमा पुग्ने पूर्वानुमान छ । त्यहाँ पनि झण्डै ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि