बैशाख १५, २०८१, शनिबार
               

म्यानमारमा हिंसा बढ्दो, सेनाद्वारा ३५ सर्वसाधारणको हत्या

नेपाल फ्ल्यास
पुस ११, २०७८

ADVERTISEMENT

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था 'सेभ दि चिल्ड्रेन' ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ । 

लन्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरमपन्थी भन्दै हत्या गरेको छ र उक्त शव जलाइएको आरोप लगाएको छ । 

यस घटनामा कम्तीमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको उसको दाबी छ । 

संस्थाले विज्ञप्तिमा भनेको छ, 'काया राज्यमा सेनाले मानिसलाई उनीहरूको कारबाट निकालेर गिरफ्तार गरेको छ र उनीहरूलाई मारेर जलाइदिएको छ।'

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेको दाबी गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, आफ्ना दुई हराएका कर्मचारी संस्थाको मानवीय काम पूरा गरेपछि छुट्टीमा घर जाँदै थिए ।' उनीहरू दुई सेनाको कारबाहीमा पक्राउ परेका र त्यस समयदेखि हराइरहेका जनाइएको छ । 

तर, म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ । सेनाले उक्त क्षेत्रमा हतियारधारी चरमपन्थी मारिएको दाबी गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि