बैशाख १२, २०८१, बुधबार
               

२०३० सम्म चीनसँग १ हजार आणविक हतियार हुने अमेरिकी दाबी

एजेन्सी
कात्तिक २१, २०७८

ADVERTISEMENT

चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ। चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो। 

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० वटा आणविक हतियार हुनेछ। चीनले आणविक हतियारको संख्यालाई सन् २०३० मा १ हजार पुर्याउने प्रतिवेदनमा उल्लेख छ।

‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ । पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ। एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आणविक हतियार परीक्षण गरेको थियो। चीनको परीक्षणपछि परम्परागत प्रतिद्वन्द्वी मुलुक अमेरिका झस्किएको थियो। 

यो होडमा उत्तर कोरिया पनि जोडिएको छ। प्रतिबन्ध बाबजुद उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ। उत्तर कोरियाले एक महिनामै तीन वटा आणविक परीक्षण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि