बैशाख २३, २०८१, आइतबार
               

सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो ।

मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो ।

त्यस्तै पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि