बैशाख २३, २०८१, आइतबार
               

यमनको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, छ जनाको मृत्यु, कैयौँ घाइते

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

एजेन्सी । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा भएको बम विस्फोटमा छ जनाको ज्यान गएको छ ।अरु कैयौँ मानिस घाइते भएका छन् ।

प्रवेशद्धारमा रोकी राखेको एक बसमा राखिएको बम विस्फोट हुँदा कयौँ  मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्‍याइएको छ । शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो ।

बम विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।  बमबारीमा भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि