जेठ ०१, २०८१, मंगलबार
               

चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्ने दाबी

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।

देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिवार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् ।  

कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन् ।

झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्ण रूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि