बैशाख ०८, २०८१, शनिबार
               

चीनमा सीमा सुरक्षा सम्बन्धी नयाँ कानुन पारित

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानुन पारित गरेको छ ।

चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि पहिलो पटक नयाँ कानून बनाएको हो ।

चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ । चीनको सिमाना नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, उत्तर कोरिया, रुस, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार र भियतनामसँग जोडिएको छ ।

नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि