चैत ०६, २०८०, मंगलबार
               

अफगानिस्तान बिस्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । 

शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् ।  घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन् । 

दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन् । प्रार्थनाको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटनको कारण केही खुलेको छैन् । त्यस्तै, बिस्फोटको जिम्मा पनि कुनै समूहले लिएको छैन् ।


कस्तो लाग्यो ?

यो पनि