चैत १५, २०८०, बिहीबार
               

तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ । 

तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब दिएपछि एयरलाइन्सले हवाई सेवा स्थगित गरेको जनाएको छ । पीआईए अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र एयरलाइन्स हो । 

‘काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले हाम्रो उडानमा बारम्बार ढिलाई हुने गरेको थियो,’ पीआइएका प्रवत्ता अब्दुल्लाह हफेज खानले भने । 

अवस्था सामान्य नहुन्जेल काबुल इस्लामावाद उडान स्थगित गरिने उनले प्रष्ट पारे । उडान सञ्चालनमा तालिवान अधिकारीहरु जहिले पनि असहयोगी बनेको र एकपटक तालिवान लडाकुले पीआईएका कर्मचारीलाई दुव्र्यबहार गरेको पाकिस्तानले आरोप लगाएको छ । यसअघि तालिवानले भाडदर समायोजन नगरे पीआईए र अफगानिस्तानको विमान सेवा काम एयरको उडान अबरोध गर्ने चेतावनी दिएको थियो । 

काबुलदेखि अन्य अन्य अन्तर्राष्ट्रिय उडान बन्द भएपछि इस्लामावादबाट काबुलसम्मको भाडदर एजेन्टले २५ सय डलरसम्ममा बिक्री गरेका थिए । यही १५ अगस्टमा तालिवानले काबुल कक्जा गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि