असोज ०६, २०८१, आइतबार
               

अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

नर्वेमा एक जनाले अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या गरेका छन्। अन्य दुईजना घाइते भएका छन्।

अधिकारीहरुका अनुसार ३७ वर्षीय ती व्यक्तिले बुधबार साँझ राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सबर्गमा अन्धाधुन्ध तीर आक्रमण गरेका थिए। उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ। नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले घटना विभत्स भएको बताएकी छन्। आक्रमणबाट धेरै जना त्रसित भए पनि अहिले अवस्था नियन्त्रणमा आएको उनको भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि