बैशाख २५, २०८१, मंगलबार
               

अमेरिका र तालिबानबीच वार्ता

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

एजेन्सी । तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा  वार्ता भएको छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक कतारमा वार्ता भएको हो  ।

चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अधिकारीहरूबीच कुराकानी भएको जनाइएको छ ।

अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिबानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि