मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो ।

१२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ । 

उनीमाथि हत्या, दुर्घटनामा ज्यान लिएको र सवारी चलाउन लापरवाही गरेको आरोप लगाइएको छ । गत साता तिकुनीयामा प्रदर्शनमा उत्रिएका किसानलाई मिश्रासहितले गाडीले किचेको दाबी गरिएको छ । उक्त घटना र त्यसपछि भड्किएको हिंसामा आठ जनाको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि