बैशाख २०, २०८१, बिहीबार
               

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार बेन्जामिन लिस्ट र डेभिड डब्ल्यूसी म्याकमिलानलाई प्रदान गरिने भएको छ । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्न लागिएको हो ।

बुधबार रोयल स्विडिस एकेडेमीले लिस्ट र म्याकमिलानलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको घोषणा गरेको छ । नयाँ औषधिको खोज गर्न सहायता गर्ने अणुहरूको निर्माणका लागि आवश्यक पर्यावरणमैत्री उपकरण बनाएकामा जर्मनी र बेलायतका यी दुई वैज्ञानिकलाई सो पुरस्कार प्रदान गरिँदै छ।

यस खोजले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि चिकित्साशास्त्रतर्फको पुरस्कार दुई अमेरिकी वैज्ञानिक डेभिड जुलियस र आर्डेम पटापौटियन तथा भौतिकशास्त्रतर्फको पुरस्कार स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई प्रदान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि