चैत १६, २०८०, शुक्रबार
               

आगलागीमा ७ जनाको जलेर मृत्यु

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

काठमाडौं । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।


विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ । –सिन्ह्वा


कस्तो लाग्यो ?

यो पनि