बैशाख १३, २०८१, बिहीबार
               

बेलायतमा एकैदिन ३० हजार सङक्रमित थपिए

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकैदिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ । 

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।  लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ । अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरूले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि