मंसिर ०७, २०८१, शुक्रबार
               

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले गर्‍यो कडाइ

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

भारतले आफ्नो देश भ्रमण गर्ने सबै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो ।

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायतीका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि विभेद गरे बदला लिने चेतावनी दिएका थिए । 

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण बेलायतीले पछिल्लो ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको  दिन दोस्रो परीक्षण र आठौँ दिन तेस्रो परीक्षण गर्नुपर्नेछ । 

गत साता बेलायतले पूर्ण खोप लगाएका भारतीयलाई बेलायत भ्रमणका क्रममा अनिवार्य क्वारिन्टिनमा बस्नु नपर्ने जनाएको थियो । तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनु पर्ने सर्त राखेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि