बैशाख २५, २०८१, मंगलबार
               

इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो । यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ ।

करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्न लगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि