बैशाख २५, २०८१, मंगलबार
               

अफगानिस्तानमा दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

एजेन्सी । तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध लगाइएको छ ।

उनका अनुसार यसले इस्लामी कानुनको उनीहरुको व्याख्याको उल्लंघन गर्छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ । 

राजधानी काबुलका केही हजामले आफूहरुले यस्तै प्रकारको आदेश पाएको बताएका छन् । यो निर्देशनपछि तालिबानको पुराना कट्टर शासन फिर्ता हुने अनुमान गरिएको छ । यद्यपि, तालिबानले भने आफूहरु यसपटक भने नरम हुने दाबी गरिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि