बैशाख १५, २०८१, शनिबार
               

क्रिसमसलगत्तै अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ने !

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

सिड्नी । कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा क्रिसमसलगत्तै खुल्ने भएकाे छ । लामो समयदेखि बन्द रहेको अस्ट्रेलियाका सीमा क्रिसमसलगत्तै खुल्ने केन्द्रिय पर्यटन मन्त्री डान टिहानले बताएका छन्। 

पछिल्लो समय आधाभन्दा बढी अस्ट्रेलियनले कोरोनाविरूद्धको दुबै मात्रा खोप लगाइसकेको हुनाले सरकारले क्रिमससपछि सीमा खोल्ने तयारी गरेको मन्त्री टिहानले बताए ।

सरकारले प्राथमिकताको सूचिमा रहेको भ्याक्सिन पासपोर्ट जारी गरी होटेल क्वारेन्टिन बिनै अन्तर्राष्ट्रिय आवागमन र बहिर्गमनको तयारी गरिरहेको उनले बताए । १६ वर्ष माथिका ८० प्रतिशत मानिसले खोपको दुवै मात्र लगाएपछि प्रतिबन्धहरू खुकुलो पार्दै लगिने तयारी रहेको मन्त्री टिहानले बताए ।

त्यसका अलावा अस्ट्रेलियाको औषधि नियामक संस्था थेरापेटीक गुड्स एडमीनीस्ट्रेसनले अनुमति दिएको खोप लगाए घरमै क्वारेनटिन बस्न सकिने पनि तयारीमा भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि