बैशाख २६, २०८१, बुधबार
               

एक बालिका बलात्कार गर्ने २९ मध्ये २६ जना पक्राउ

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

भारतको महाराष्ट्रमा एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ परेका छन् ।

महाराष्ट्रको डोंबिबलीकी १५ वर्षीया किशोरीले आफूमाथि आठ-नौ महिनासम्म जबर्जस्ती करणी भएको बताएकी छन् । प्रहरीमा उजुरीका क्रममा आरोपीहरू आफ्नै साथी भएको उनले बताइन् ।

बालिकाले २९ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । तीमध्ये २६ जना मात्र पक्राउ परेका छन् भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये दुई जना नाबालिग रहेका छन् ।

पीडित बालिकाका अनुसार उनका केटा साथीले अश्लील भिडियो बनाएकाले उक्त भिडियोका कारण केटा साथीका साथीहरूले क्ल्याकमेल गर्दै बलात्कार गर्ने गरेका हुन् ।

यस घटनाको छानविन महिला अधिकारीले नै गर्ने तय गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि