बैशाख १२, २०८१, बुधबार
               

भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नेपाल फ्ल्यास
असोज ०५, २०७८

सांकेतिक
ADVERTISEMENT

भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना बिहान साढे दश बजेको हो ।


कस्तो लाग्यो ?

यो पनि