बैशाख २९, २०८१, शनिबार
               

नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा  थप कडा पार्दै जाने सङ्केत गरेको छ। 

महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ।  तालिबानको विगतको शासन  क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ। 

परराष्ट्र मन्त्रालयकी वरिष्ठ  अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको  एएफपीलाई बताएकी छिन् । उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ।  जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन् । 
यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी  भर्ना गरिनेछ ।

शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ। यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर  पूर्व  सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ।  यस्ता कदमले सबै महिलाहरू  भयभीत भएका छन् ।  उनीहरू  अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् । 

देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र  बाह्य सहयोगको कटौतीले  चिन्तित बन्दै गएको  विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा  पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि