जेठ ०५, २०८१, शनिबार
               

अफगानिस्तानको जलालावादमा शृंखलाबद्ध विस्फोट हुँदा ७ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काबुल । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । ।

बम विष्फोटमा परेर ३० जना भएका छन् । काबुलमा भएको विस्फोटमा दुई जना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केले गरेको आरोप तालिवानले लगाएको छ । 

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चार स्थान बिस्फोट भएको बताइएको छ । अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकाको रुपमा रहेको छ । 

जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुई जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो ।  देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि