बैशाख १६, २०८१, आइतबार
               

माल्दिभ्समा नौ महिनामा ८ लाख पर्यटक भित्रिए

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

सांकेतिक
ADVERTISEMENT

माल्दिभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ ।
अघिल्लो बर्ष सन् २०२० को तुलनामा १०४.४ प्रतिशतको दरले पर्यटकहरुको सङ्ख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् । 

कोरोनाभाइरसको महामारीका कारण सन् २०२० मा तीन महिना माल्दिभ्सको सीमानाका बन्द गरिएको थियो । त्यही कारणले अघिल्लो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ ।मन्त्रालयका अनुसार सबैभन्दा धेरै अगस्ट महिनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक माल्दिभ्स भित्रिएका छन् । 

औसतमा दैनिक झण्डै चार हजार पर्यटक आउने गरको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । माल्दिभ्स भित्रिएका पर्यटकहरूमध्ये सवैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्याङ्कले देखाएको छ । कूल पर्यटक मध्ये २४.४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि धेरै पर्यटक रुसका रहेका छन् । रुसबाट २०.४ प्रतिशत पर्यटक आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि