बैशाख १३, २०८१, बिहीबार
               

अफगानिस्तान : विरोधीलाई सीमकार्ड बेचेको भन्दै तालिवानीले गर्‍यो पसलेको हत्या

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौँ – तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ । पन्जशिरमा नेशनल रेसिस्टेन्स फ्रन्ट र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ । तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको बिबिसीले जनाएको छ ।

तालिवान सत्ताको प्रतिरोध गरिरहेका लडाकुहरूलाई सीमकार्ड बेचेको आरोपमा एक पसलेको पनि हत्या भएको छ । उनलाई तालिबानका लडाकुले नियन्त्रणमा लिएको केही दिनपछि हत्या गरी शव घर नजिकै फालेका थिए ।

पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडिओ फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुहरूले घेरेको देख्न सकिन्छ ।

त्यसपछि गोलीको आवाज सुनिन्छ र उनी जमिनमा ढल्छन् । सैन्य पोसाक उक्त क्षेत्रमा सामान्य रहेकाले ती व्यक्ति लडाकु समूहका सदस्य हुन् वा होइनन् भन्ने कुरा स्पष्ट छैन । भिडिओमा घटनाका बेला नजिकै रहेका एकजनाले मारिएका व्यक्ति सर्वसाधारण रहेको बताएका थिए । बीबीसीले पन्जशिरमा कम्तीमा २० जना मारिएको पुष्टि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि