जेठ ०६, २०८१, आइतबार
               

पन्जशिरमा तालिवानद्वारा २० जना सर्वसाधारणको हत्या

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको विभिन्न समाचारमा जनाइएको छ ।

हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको बताइएको छ। त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् । 

युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन् । तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ ।

गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि