चैत १५, २०८०, बिहीबार
               

राष्ट्रपति बाइडेनद्वारा ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

राष्ट्रपति जो बाइडेनले ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै  उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको  एकता र  सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरे ।

आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त  दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर थिए भने अहिले देशको सर्वोच्च  नेतृत्वमा छन् ।

राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर, उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका थिए । 

यसै बीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा  रहन सबैमा आह्वान गरे । उक्त कुख्यात घटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको  बताएका छन् ।

राष्ट्रपति बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ 'एकता नै ठूलो शक्ति हो' भने। शुक्रवार राति राष्ट्रपति बाइडेन ९-११को घटनाको  स्मरणमा न्युयोर्क आइपुगे । यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए  । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको  दृष्य टेलिभिजनमा देखाइएका थिए।


कस्तो लाग्यो ?

यो पनि