बैशाख २४, २०८१, सोमबार
               

मेक्सिकोमा गर्भपतनलाई गैरकानुनी नमान्न आदेश

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजाय पाएका महिलाहरू अब रिहा हुनेछन् ।

गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ‘ऐतिहासिक’ भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि