बैशाख ०८, २०८१, शनिबार
               

तालिबानद्वारा सरकार घोषणा, मुल्लाह मोहम्मद हसन अखुन्द नयाँ प्रधानमन्त्री

एजेन्सी
भदौ २२, २०७८

ADVERTISEMENT

तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा सरकार घोषणा गरेको छ‍ ।

अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि मंगलबार साँझ तालिबान समूहले सरकार बनाएको घोषणा गरेको हो ।

सरकारमा अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबानका प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा आज साँझ पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

उनले यो सरकारलाई अन्तरिम सरकार भएको बताएका छन् ।

लामो समयदेखि जनता सरकारका लागि प्रतीक्षारत रहेको भन्दै प्रवक्ता मुजाहितले आज सरकार गठन गरेको जानकारी दिए ।

सरकारमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री बनेका छन् । यस्तै समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान तोकिएका छन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन् ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए ।

तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए । राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि