जेठ ०५, २०८१, शनिबार
               

६ जनामाथि चक्कू हान्ने न्यूजिल्याण्डका हमलाकर्ता मारिए

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

एजेन्सी । न्युजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक ‘हिंस्रक अतिवादी’ लाई न्युजिल्याण्ड प्रहरीले हत्या गरेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’ बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै निगरानीमा भएको बताएको छ । हमलाकर्ता इस्लामिक स्टेट आतंकवादी समूहद्वारा प्रे रित भएको बताइन्छ । प्रधानमन्त्री अर्डर्नले उनलाई सुरक्षाबलले ६० सेकेन्डभित्र नै मारेको बताइन् ।

शुक्रबार अपरान्ह पत्रकार सम्मेलनमा न्यूजिल्याण्डकी प्रधानमन्त्रीले भनिन्, ‘आज जे भयो, त्यो निन्दनीय थियो । यो घृणित र गलत थियो । हमलाकर्ताको पहिचान गोपनियताका कारण बताउन सकिँदैन । उनी सन् २०११ अक्टोबरमा न्यूजिल्याण्ड आएका थिए र २०१६ आउँदा नआउँदै सुरक्षाका लागि खतरा बने ।’

प्रहरीले यी व्यक्तिको निगरानी लगातार गरिरहेका थिए । उनको विचारधाराका कारण यस्तो गरिएको बताइएको छ । तर ६ जनालाई घाइते बनाउनु अघि उनीविरुद्ध किन कारवाही गरिएन भनेर प्रश्न उठाइँदैछ ।

स्थानीय रिपोर्ट अनुसार ६ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये एकको स्थिति निकै गम्भीर छ र दुईको स्थिति पनि खासै राम्रो छैन ।


कस्तो लाग्यो ?

यो पनि