बैशाख १४, २०८१, शुक्रबार
               

यमनमा विद्रोही हुथी समूह र सेनाबीच झडप, ६५ जनाको मृत्यु

एजेन्सी
भदौ १७, २०७८

ADVERTISEMENT

यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको  झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । 

ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।


कस्तो लाग्यो ?

यो पनि