जेठ ०६, २०८१, आइतबार
               

तालिवानका खुट्टा भाँच्छौं : एनआरएफ

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

तालिवानले सम्पूर्ण अफगानिस्तानलाई नियन्त्रणमा लिएको दाबी गरे पनि देशको उत्तरपूर्वी प्रान्त पन्जशिरमा उसले अहिलेसम्म कुनै गतिविधि चलाउन सकेको छैन् । पन्जशिरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले सरकार चलाइरहेको छ । यो फ्रन्ट तालिवानबिरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशिर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् । 

सो प्रान्तमा तालिवानको शुन्य प्रभाव रहेको विवरण सार्वजनिक भइरहेका बेला आईतबार उसले आफ्ना केही लडाकू त्यसतर्फ बढेको दाबी गरेको थियो । तर, मसुदका समर्थकले तालिवानी दाबी गलत भएको भन्दै पन्जशिरमा कोही प्रवेश नगरेको प्रष्ट पारेको छ । 

‘पन्जशिरमा कोही तालिवान पसेको छैन र कुनै मुठभेड भएको छैन्,’ रेसिस्टेन्ट फ्रन्टका मोहम्द अलमास जहिदले भने । आफ्नो प्रान्तमा तालिवान आए लखेटेरे खुट्टा भाँचिदिने फ्रन्टका सदस्यहरुले चेतावनी दिएका छन् ।  

प्रान्तीय नेता अहमद मसुद र अम्रुल्लाह सालेहले बषौंदेखि तालिवानलाई चुनौती दिदै आएका छन् । अहमद प्रख्यात अफगानी कमाण्डर अहमद साह मुसदका छोरा हुन् भने सालेह पूर्व अफगान सरकारका प्रथम उपराष्ट्रपति हुन् । 

चारैतिर डाँडाको मध्ये भागमा रहेको मैदानयुक्त पन्जशिरका लडाकूले तालिवानबाट जोगाउन रणनीतिक युद्ध गर्दै आएका छन् । फ्रन्टका सदस्यले कुनै बेला पहाडको चुच्चोबाट मेसिन गन हानेर तालिवान लडाकू लखेटेका थिए । हिन्द कुश पहाडभित्र पर्ने पन्जशिर उपत्यका राजधानी काबुलबाट ९० माइल टाढा पर्छ । 


कस्तो लाग्यो ?

यो पनि