बैशाख १४, २०८१, शुक्रबार
               

काबुल विमानस्थलबाहिर दुई आत्मघाती विस्फोट, कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी
भदौ १०, २०७८

ADVERTISEMENT

अफगानिस्तानको काबुल विमानस्थल (एयरपोर्ट) बाहिर दोस्रो विस्फोट भएको रसियाको विदेश मन्त्रालयले जनाएको छ ।

दुई आत्मघाती हमलामा कम्तीमा १३ जना मारिएको र १५ जना घाइते भएको उसले बताएको छ ।

अमेरिकी अधिकारीहरूले विस्फोटमा अमेरिकी कर्मचारीहरूसमेत घाइते भएको बताएका छन् ।

विस्फोट विमानस्थल बाहिर भएको थियो, जहाँ तालिबानको कब्जापछि अमेरिकी नेतृत्वको उद्धारमा सामेल हुने आशामा हजारौं अफगानहरू जम्मा भएका छन् ।

पश्चिमी राष्ट्रहरूले यसभन्दा पहिले विमानस्थलमा सम्भावित आक्रमणको चेतावनी दिएका थिए ।

पेन्टागनले विस्फोटको पुष्टि गरेको छ र रुसी विदेश मन्त्रालयले हताहतको गणना गरेको छ ।

विमानस्थलमा प्रवेश गर्न पर्खिरहेका मानिसहरुको भिडमा विस्फोट भएको रुसको दाबी छ ।

धेरै देशहरूले दिनको सुरूमा नै मानिसहरूलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि