जेठ ०८, २०८१, मंगलबार
               

नौ दिनमा ७१ हजारले छोडे काबुल

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

विभिन्न देशका सेना र उनीहरूसँग काम गरेका अफगानीसमेत गरी ९ दिनकाे अवधिमा ७१ हजार व्यक्तिले काबुल छोडेका छन् ।

समाचरामा जनाइए अनुसार काबुल छोड्नेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । अमेरिकी नेतृत्वको सेनाले ३१ अगस्टभित्र काबुल छोड्नुपर्ने बाध्यता छ ।  निर्धारित समयमा अफगान मैदान खाली गर्ने विषयमा पश्चिमेली मुलुक तनाबमा छन् । अफगानिस्तान छोड्न इच्छुक हजारौ व्यक्ति राजधानी काबुलमा छन् । 

‘हामीले जति सक्दो चाँडो अफगानिस्तान छोड्यो, त्यति नै राम्रो ।’ अमेरिकी राष्ट्रपति जोन बाइडेनले भनेका छन् । विदेशी सेनाको फिर्ती पक्रिया सहज पार्न तालिवानले समेत सहयोग गरेको बाईडेनको भनाई छ । तालिवानको कामलाई हेरेर अन्तर्राष्ट्रिय समुदयाले उनीहरुलाई मुल्यांकन गर्ने समेत उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि