जेठ ०६, २०८१, आइतबार
               

तालिबानमाथि प्रतिबन्धबारे अब सोच्न आवश्यक : क्यानाडा

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसारका जीसेभेन (जी७) देशसँग अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब प्रतिबन्धबारे सोच्न आवश्यक भएको बताएका छन् । 

अफगानिस्तानमाथि जीसेभेन देशको हुन लागेको बैठकभन्दा एक दिन अघि सोमबार ट्रूडोले क्यानडाले तालिबानलाई पहिलेदेखि आतंककारी मान्ने गरेको बताउँदै उनीहरु आतंककारीको सूचीमा भएको र अब प्रतिबन्धबारे कुरा गर्न सकिने बताएका छन् । 


मंगलबार जी७ का सदस्य देश क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिकाले अफगानिस्तानमाथि भर्चुअल बैठकको आयोजना गर्न लागेका छन् । 


क्यानडाका प्रधानमन्त्रीले उनीहरुले जी७ का आफ्नो साथी नेतासँग कुराकानी गर्न लागेको र के होला त्यो हेर्न बाँकी भएको बताएका छन् ।


जी७ को अध्यक्षता यतिबेला ब्रिटेनसँग छ र उसका अनुसार हालको जारी प्रतिबन्धमा फुकुवा तालिबानको व्यवहारमा निर्भर हुनेछ । 

यस्तै, अफगानिस्तानमाथि तालिबानको कब्जापछि ३१ अगस्टसम्म सबै विदेशी फौजले देश छोड्नुपर्नेछ तर यसैबीच युरोपेली संघ र ब्रिटेनले यो मितिमा सकैलाई देशबाहिर निकाल्न असम्भव भएको बताएका छन् । 

बाइडेनमाथि अफगानिस्तानसँग अन्तिम मिति बढाउन दबाब छ जबकी तालिबानले यो मितिसम्म अमेरिकी सैनिकले देश नछोडे आफूहरुका लागि यो सह्य नहुने र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेको छ । 

जस्टिनले क्यानडाको ध्यान हाल धेरैभन्दा धेरै अफगानी जनतालाई सुरक्षित तरिकाले निकाल्नमा केन्द्रीत भएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि