जेठ ०६, २०८१, आइतबार
               

अमेरिकी जहाजबाट खसेर मृत्यु हुने अफगानी फुटबलर भएकाे पुष्टि

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

गत सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ ।

काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको छ । बीबीसीका अनुसार एकजना अफगानिस्तानको नेसनल युथ टिमका फुटबलर १९ वर्षीय जकी अनवरी रहेका छन् । विद्रोही समूह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जाकी अन्वारीले पनि देश छोड्न चाहेका थिए ।

उनको बारेमा थप विवरण भने खुलाइएको छैन । त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ । कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए । विमान उडेपछि विमानबाट केही व्यक्ति खसेको भिडियो सार्वजनिक भएको थियो । विमानबाट कति जना खसे भन्ने यकिन जानकारी भने छैन । घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।  


कस्तो लाग्यो ?

यो पनि