जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानमा यसरी पसेको थियो अमेरिकी सेना, के हो सेप्टेम्बर ११ को आक्रमण

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

अमेरिकी र नेटो सैनिक फिर्ता हुनासाथ तालिवानले अफगान सरकारलाई परास्त गर्दै सत्ता कब्जा गरेसँगै दुई दशकअघिको अमेरिका आक्रमणको धेरैलै स्मरण गरेका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कस्थित ट्वीन टावरमा आक्रमण गरिएपछि अफगानिस्तान पसेको अमेरिकी फौज फिर्ता भएको लगभग डेढ महिनापछि तालिबानले आइतबार काबुलमा नियन्त्रण कायम गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार ८३ अर्ब अमेरिकी डलर खर्च गरेर अफगानी फौजमा तालिम दिइएको थियो । तर, तालिमको विज्ञापन जस्तो नतिजा आएन । धेरै अफगानी सैनिकले तालिवानसामु आत्मसमर्पण गरे । उनीहरु भिडन्तबाट भागेर छिमेकी देश ताजाकिस्तान पुगेका छन् । अफगानिस्तानमा अमेरिकी सेनाको प्रवेश हुनुमा २० बर्सअघि सन् २००१ को सेप्टेम्बर ११ मा आत्मघाती अमला जोडिएको छ ।

२० वर्षअघि सन् २००१ को सेप्टेम्बर ११ मा आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काउँदा हजारौँ मानिसहरूले ज्यान गुमाए । उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना थियो ।

संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चार वटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । त्यसपछि तीनलाई न्युयोर्क र वासिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो । दुईवटा विमानले न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए ।

पहिलो विमानले नर्थ टावरमा स्थानीय समयानुसार बिहान ८ बजेर ४६ मिनेटमा आक्रमण गरेको थियो । दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९ बजेर ०३ मिनेटमा ठोक्काइएको थियो । ती भवनहरूमा आगो लागेको थियो र माथिल्ला तलामा मानिसहरू फसेका थिए भने धूँवाको बाक्लो मुस्लोमा सहर ढाकिएको थियो । दुई घण्टाभन्दा कम समयमा १ सय १० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लो र भग्नावशेषमा परिणत भएका थिए ।

नौ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वासिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पु¥याएको थियो । यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो । अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेका थिए ।

कति जनाले ज्यान गुमाए ?

यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २ हजार ९ सय ७७ जनाले ज्यान गुमाए । तीमध्ये अधिकांश न्यूयोर्कमा मारिए । चार वटा विमानमा सवार चालक दलका सदस्य र यात्रु गरी सबै २ सय ४६ जनाको मृत्यु भयो  । ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २ हजार ६ सय ६ जनाको मृत्यु भयो । पेन्टगनमा १२५ जनाको मृत्यु भयो ।

पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७ हजार ४ सय जना उक्त टावरभित्र रहेको ठानिएको छ । नर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् । साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए । ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । न्यूयोर्कले ४ सय ४४ जना आपत्कालीन उद्धारकर्ता गुमाएको थियो । हजारौँ व्यक्तिहरू घाइते भए र पछि अग्निनियन्त्रकसहित कैयौँमा उक्त हमलाका कारण बाहिर निस्केको घातक भग्नावशेषका कारण स्वास्थ्य जटिलताहरू देखा प¥यो ।

को थिए आक्रमणकारीहरू ?

एउटा इस्लामवादी उग्रवादी सञ्जाल अल–कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको थियो । ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल–कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठह¥याउने गथ्र्याे । अपहरणमा संलग्न १९ जना पाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए । प्रत्येक समूहमा विमान चालकको तालिम लिएको एक व्यक्ति थिए ।

 त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रहरूमा लिइएको थियो । बिन लादेन जस्तै १५ जना अपहरणकारी साउदी अरबका थिए । दुई जना संयुक्त अरब एमिरेट्स, एक जना इजिप्ट र एक जना लेबनानका थिए ।

अमेरिकाले कसरी प्रतिक्रिया गर्‍यो ? 

आक्रमणको एक महिना नबित्दै राष्ट्रपति जर्ज डब्ल्यु बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिए । अल–कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे । अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन् । तर सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिए । 

सेप्टेम्बर ११ को हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो । त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् ।

अझै पनि अभियोजनको पर्खाइमा छन् । अल–कायदा अझै पनि अस्तित्वमा छ । सब–सहारा अफ्रिकामा उसको पकड बलियो छ । र, अहिले अफगानिस्तानभित्र पनि उसका सदस्य छन् । झन्डै दुई दशकपछि यो साल अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन हुने चिन्ताहरू व्यक्त भएका छन् ।

सेप्टेम्बर ११ पछि के भयो

उक्त आक्रमणपछि संसारभरि उडान सुरक्षा सुदृढ पारिएको थियो । संयुक्त राज्य अमेरिकामा विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्युरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना भयो । दुईवटा टावर ढलेको स्थान ग्राउन्ड जिरोलाई सफा गर्न आठ महिनाभन्दा बढी समय लागेको थियो ।

त्यहाँ अहिले एउटा स्मृति केन्द्र र संग्राहलय स्थापना गरिएको छ अनि नयाँ डिजाइनसहित भवनहरू निर्माण गरिएको छ । पेन्टागनको नवर्निर्माणका लागि एक वर्षभन्दा कम समय लागेको थियो ।  त्यहाँका कर्मचारीहरू अगस्ट २००२ बाट आफ्नै कार्यालयमा फर्किएका थिए ।

बीबीसीको सहयोगमा


कस्तो लाग्यो ?

यो पनि