जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तान छाड्न चाहनेहरूको भागदौड, विमानस्थलको रनवेमै तँछाडमछाड

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

अफगानिस्तान तालिवानले राजधानी काबुल कब्जामा लिइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थलमा भिड बढेको छ । त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका छन् । 

त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडिसकेका छन् । तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति भवनबाट ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’को घोषणा गर्ने बताइएको छ । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ । अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको छ ।

यस्तो अवस्थामा धेरैले अफगानिस्तान छाड्न खोजिरहेका छन् । आइतबार रातिबाट काबुल विमानस्थलको कारुणिक दृश्यहरू बाहिर आइरहेका छन् ।  

यहाँ मानिसहरू सुरक्षित स्थानतर्फ जानका लागि रनवेमा दौडिरहेका छन् । कोही विमानको लागि लाइनमा उभिएका छन् भने को भाग दौडमा छन् ।

विमानस्थलबाहिर गोलाबारी भएको आवाज आएसँगै मानिसहरू दौडिएको दृश्य देखिन्छ ।

It’s morning in Kabul and Afghanis are running to the airport that the US claims to have secured, as Taliban can be heard firing rifles behind them. #kabul #Afghanistan pic.twitter.com/gHnR3glppL


कस्तो लाग्यो ?

यो पनि