जेठ ०६, २०८१, आइतबार
               

बाढीले बगाएर टर्कीमा २७ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले जनाएका छन् । बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।

राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरू भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरु संसारभरि नै बढेको विज्ञहरुले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि