जेठ ०६, २०८१, आइतबार
               

अत्यधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । 

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन् ।

वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि