बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरूलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् ।

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

राष्ट्रपति सि जिनपिङले भने, “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ ।” 
 
अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति जिनपिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिए । साथै चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराए ।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि