जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाको नयाँ भेरियन्ट : सिड्नीमा एकैदिन पाँचको मृत्यु

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको नयाँ भेरियन्ट संसारभर फैलिरहेको छ । यसैबीच, अष्ट्रेलियाको न्यू साउथवेल्स र सिड्नी वरपर ३१९ जनामा नयाँ स्थानीय संक्रमण देखा परेको छ ।

कोरोनाको डेल्टा भाइरस संक्रमण सुरू भएयता अष्ट्रेलियामा पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित भेटिएको बिबिसीले उल्लेख गरेको छ । जसमध्ये कम्तीमा पनि ५१ जना समुदायमा सक्रिय रहेका मानिसमा संक्रमण भएको पाइएको छ ।

न्यू साउथ वेल्सका स्वास्थ्य पदाधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएका कसैले पनि कोरोना खोप लगाएका थिएनन् ।

न्यू साउथवेल्स राज्यको ग्रामीण क्षेत्र आर्मीडेलमा स्थानीय सरकारले शनिबार साँझ ५ बजेदेखि सात दिनसम्म लकडाउन जारी गरेको छ । 

यसैबीच भिक्टोरिया राज्य (मेलवर्न) मा भने २९ जनामा नयाँ संक्रमण फेला परेको छ । यहाँ पनि एक साता लकडाउन लगाइएको छ । भिक्टोरियाको मेलवर्न क्षेत्रका चार विद्यालयमासमेत संक्रमण देखिएकोले जोखिम बढ्न सक्नेभन्दै सतर्कता अपनाइएको छ ।

स्वास्थ्य अधिकारीले मेलवर्नमा कोरोना संक्रमण वृद्धि हुनसक्ने भन्दै सचेत गराएका छन् । उता क्वीन्सल्याण्ड राज्यको दक्षीण पूर्वी क्षेत्रमा १३ जनामा नयाँ कोरोनाको प्रभाव देखिएको छ । 

क्वीन्सल्याण्डका स्थानीय १३ जनालाई सङ्क्रमण देखा परेको छ । यो सँगै राज्यभर सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले १४४ रहेको छ ।

यो पनि