जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ तालिबानको नियन्त्रणमा

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तानको प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको छ । ​

अफगानिस्तानको निमरोज प्रान्तको राजधानी जाराञ्ज तालिबान लडाकुले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

जारञ्ज अफगानिस्तानको ठूलो व्यापारिक केन्द्र मानिन्छ । जारञ्ज कब्जा गरेसँगै तालिबान समूहले ट्वीटरमा आफ्नो जित भएको बताएको छ ।

तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी छ । अहिले पश्चिमतर्फ हेरात र दक्षिणमा लस्करगाहमा भिडन्त भइरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि