बैशाख १६, २०८१, आइतबार
               

टोकियोमा रेलमा सवार यात्रुमाथि चक्कु प्रहार

एजेन्सी
साउन २२, २०७८

ADVERTISEMENT

जापानको राजधानी टोकियोमा एक व्यक्तिले रेलमा सवार १० यात्रुलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएका छन् । 

जापानको राष्ट्रिय प्रशारण एनएचकेका अनुसार शुक्रबार सेजोगाकुएन स्टेशन नजिकै उक्त घटना घटेको हो ।

चक्कु प्रहारबाट एक यात्रु गम्भीर घाइते भएका छन् भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ । 

टोकियो फायर डिपार्टमेन्टले १० घाइतेमध्ये ९ जनालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको जानकारी दिएको छ ।

यस्तै, १० जनाले भने भागेर ज्यान जोगाएका थिए । प्रत्यक्षदर्शीका अनुसार चक्कु प्रहारपश्चात संदिग्ध भागेका थिए । 

केही समयपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । अभियुक्तको उमेर २० वर्षको छ ।

उनको शर्टमा रगतको दाग देखेपछि एक व्यापारीले प्रहरीलाई खबर गरेका थिए ।

उनले के कारणले यात्रुमाथि चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । 

त्यहाँको प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनि