बैशाख १७, २०८१, सोमबार
               

म्यान्मारका सैन्य प्रमुख मिनद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

याङ्गुन (एएफपी)- म्यान्मारको सैन्य प्रमुख मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरेका छन् । एक टेलिभिजन च्यानलमार्फत् हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै संकटकाल २ वर्ष लम्ब्याएका पनि छन्‌ । हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने बताएका छन्‌ ।

यो घाषणासँगै सैनिक नेतृत्वले ६ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्वजनिक गरेको निर्वाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो ।  त्यतिखेर सेनाले ६ महिनाभित्र निर्वाचन गर्ने बताएको थियो ।‘हामीले अगस्त २०२३ सम्ममा आकस्मिक अवस्थाका प्रावधानहरू पूरा गर्नेछौँ । उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौँ,’ हलिङले भने ।

सैनिक नेतृत्वको प्रशासनले सार्वजनिक गरेको यो निर्वाचनको घोषणा उसैले सत्ता कब्जा गरेपछि दिएको समयसीमा भन्दा साढे दुई वर्ष ढिलो पुगेको छ । यद्यपि यो कुरामा पनि त्यहाँ आन्दोलनरत दलहरू आश्वस्त देखिँदैनन् । ‘मैले कुनै पनि हालतमा तोकिएको समयमा बहुदलीय निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गर्छु,’ उनले निर्वाचन घोषणा गर्दै टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भने ।

सेनाले गत फागुनमा नागरिक आन्दोलनका अगुवालाई देश निकाला गरेपछि म्यान्मारमा सैनिक शासन लागु गरिएको छ ।विपक्षी दलहरूको आन्दोलन र सैनिक प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिन भन्दै चलाएका सुरक्षा कारबाहीका कारण म्यान्मारको दैनिकी अस्तव्यस्त भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि