बैशाख १३, २०८१, बिहीबार
               

अमेरिका–चीन तनाव : चीनले लगायो अमेरिकी वाणिज्य मन्त्रीमाथि प्रतिबन्ध

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

एजेन्सी । चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा गरेको हो । बाइडेन प्रशासनले चीनको यस फैसलालाई ‘निरर्थक’ र ‘निराशावादी’ करार गरेको छ । 

अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध त्यस क्षेत्रमा भएको कारबाहीमा उनीहरूको कथित भूमिकालाई लिएर लगाएको थियो । अमेरिकाले हङकङमा कारोबार गर्ने आफ्नो नागरिकलाई मौजुदा खतराबारे चेतावनी पनि दिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि