जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति सी जिनपिङ रेल चढेर पहिलोपटक तिब्बत पुगे

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरेका छन्  । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो । 

बुधबार दक्षिण–पश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उनको स्वागत गरेका थिए । सिन्ह्वाका अनुसार जिनपिङले न्याङ नदीमा बनेको पुलको पनि निरीक्षण गरेका छन् । बिहीबार उनले निङ्चीदेखि ल्हासासम्म रेलमा यात्रा गरेका थिए ।   

निङ्ची र ल्हासाबीच गएको महिना मात्रै रेल सेवा सुरु भएको हो । यो तिब्बतको पहिलो विद्युतीय रेल सेवा हो । तिब्बत चीनको स्वशासित क्षेत्र हो । तिब्बतको निङ्ची सहर भारतको अरुणाचल सीमानजिक छ । यो आसपासको क्षेत्र केही वर्षयता भारत र चीनबीच सीमा विवादको केन्द्र पनि बनेको छ । 

रेडियो फ्री एसियाका अनुसार सी जिनपिङको यात्राका क्रममा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको थियो । ड्रोन र चङ्गा उडाउन पनि रोक लगाइएको थियो, साथै उद्योग र निर्माणस्थलमा काम बन्द गरिएकाे थियो । 

चीनले ७० वर्षअघि तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तिब्बती धर्मगुरु दलाई लामा आफ्ना आनुयायीका साथ भारतको धर्मशालामा रहँदै आएका छन् ।   

 


कस्तो लाग्यो ?

यो पनि