चैत १६, २०८०, शुक्रबार
               

साउदीमा खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

रियाद । साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् ।

साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो ।

त्यस्तै, ब्युटिपार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पछिल्लो समय कडाइ गरिरहेको छ । यसपालिको हजमा पनि साउदीले आफ्ना देशका ६० हजार नागरिकलाई मात्र अनुमति दिएको थियो । हज जाने यात्रीका लागि कोरोनाविरुद्धको दुवै खोप अनिवार्य गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि