बैशाख ०८, २०८१, शनिबार
               

चीनमा रेल भित्रै बाढी पस्दा १२ को मृत्यु

एजेन्सी
साउन ०६, २०७८

ADVERTISEMENT

चीनको हेनान प्रान्तमा अविरल वर्षापछि भीषण बाढी आएको छ । बाढीले यात्रुवाहक रेल नै डुबाएको छ ।

एक्कासी बाढी आउँदा रेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । रेल र त्यसको टनेलबाट पाँच सय मानिसलाई उद्धार गरिएको छ ।

हालसम्म हेनान प्रान्तमा २ लाख मानिसलाई सुरक्षितस्थलमा सारिसकिएको छ । बाढीले रेल, कैयौं कार तथा सयौं घरहरु डुबानमा परेको छ ।

बाढीले विशेषगरी राजधानी जङजाउमा बढी क्षति गरेको छ। त्यहाँ तीन दिनको अन्तरालमा वर्षभरी पर्ने पानी परेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई उद्धार गर्न निर्देशन दिएका छन् ।

एउटा भिडियोमा बाढी विद्यालय भवन भित्र पसेको देखिएको छ । त्यहाँ साना बालबालिकालाई सतर्कताका साथ उद्धार गरिएको देख्न सकिन्छ । 


कस्तो लाग्यो ?

यो पनि